अन्तरदेशीय प्रसारण लाइन नेपालको प्राथमिकतामा : ऊर्जामन्त्री पुन

काठमाडौं, मङ्सिर ७ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ले ४०० केभी क्षमताको गल्छी–केरुङ अन्तरदेशीय प्रसारण लाइन नेपालको उच्च प्राथमिकतामा रहेको धारणा राखेका छन् ।

ऊर्जामन्त्रीले चिनियाँ राजदूत यु होङसँगको भेटवार्ताको क्रममा उक्त धारणा राखेका हुन् । सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले नेपालमा पाँच वर्षको लागि स्थायी सरकार भएको भन्दै अहिले देशको मुख्य प्राथमिकता भनेकै विकास र समृद्धि भएको धारणा राखेका थिए ।

नेपालका लागि चिनियाँ राजदूतको कार्यकाल सकेर चीन फर्कने तयारीमा रहनुभएकी चिनियाँ राजदूतले मन्त्री पुनसँग विदाई भेट गरेकी हुन् । भेटवार्ताका क्रममा उर्जामन्त्री पुनले राजदूत होङको कार्यकालमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध निकै सुदृढ भएको धारणा राखे । सो अवसरमा ऊर्जामन्त्रीले आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझै प्रगाढ बन्नेन्ने विश्वास व्यक्त गरेका थिए ।

याे पनि पढ्नुस  नेपाल र चीन नयाँ नाकाबाट जोड्ने सम्झौता हुँदै

मन्त्री पुनले विगत केही वर्षयता नेपालको जलविद्युत क्षेत्रका साथै अन्य क्षेत्रमा बढेको चिनियाँ लगानी नेपालको आर्थीक विकासका लागि निकै फलदायी हुने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले राजदूत होङको कार्यकालमा उच्चस्तरीय भ्रमण आदान–प्रदान भएको, उर्जा क्षेत्रमा इनर्जी कोअपरेशनमा हस्ताक्षर हुनुका साथै चीनबाट लगानी भित्र्याउन गरेको प्रयत्नप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।

‘नेपालको आर्थिक विकासमा चीन सरकार र यहाँले गरेको प्रत्यन र पहलप्रति हामी आभारी छौं, आगामी दिनमा पनि दुई देशको सम्बन्ध र सहकार्य अझ नयाँ उचाईमा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।’ उर्जामन्त्री पुनले राजदूतसँगको भेटमा भने ।

याे पनि पढ्नुस  चीन–नेपाल–भारत जोड्ने आर्थिक कोरिडोर निर्माण गर्न चीनको प्रस्ताव

भेटमा उक्त परियोजनालाई अघि बढाउनेबारे छलफल भएको उर्जामन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिएका छन् । मन्त्री पुनले नेपाल र चीनबीच केही समयअघि मात्र हस्ताक्षर भएको ट्रेड एण्ड ट्रान्जिट प्रोटोकल नेपालको स्वाधीनताको लागी ऐतिहासिक समझदारी भएको धारणा राखेका थिए ।

मन्त्री पुनले यसअघि नै नेपाल–चीनबीच उर्जा संयन्त्रको पहिलो बैठक सफलतापूर्वक सम्पन्न भएको भन्दै बेइजिङमा छिट्टै दोस्रो बैठक बस्ने खवर आफूले पाएको बताए । भेटमा चिनियाँ राजदूत होङले उर्जा क्षेत्र दुवै मुलुकको लागि सबैभन्दा महत्वपूर्ण क्षेत्र भएको भन्दै उर्जामन्त्रीको रुपमा यो क्षेत्रलाई अघि बढाउन खेलेको भुमिकाको प्रशंसा गरेकी थिइन् ।

याे पनि पढ्नुस  नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठक परराष्ट्र मन्त्रालयमा सुरु

राजदूत होंङले उर्जा संयन्त्रको अर्को बैठक बेइजिङमा छिट्टै बस्ने र त्यसमा दुई देशको बीचमा उर्जा क्षेत्रमा गर्न सकिने थप सहकार्यबारे घनीभूत छलफल हुने जानकारी समेत दिएकी छिन् । उनले नेपालमा पछिल्लो तीन वर्षमा चिनियाँ लगानी ६ सय ८० प्रतिशतले वृद्धि भएको भन्दै चीन प्रत्यक्ष लगानीतर्फ नेपालमा एक नम्बरमा रहेको जानकारी समेत दिइन् ।

‘पछिल्लो समय चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न आकर्षित भएका छन्, आगामी दिनमा समेत यो प्रक्रिया निरन्तर जारी रहनेछ ।’ राजदूत होङले भेटमा भनिन् । नेपाल स्थिरता र विकासको बाटोमा अघि बढेकोमा राजदूत होङले विदाई भेटमा खुसी व्यक्त गरेकी थिइन् ।

 

कमेन्ट गर्नुहोस्