Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘नाच फिरिरि’ टिमले गर्‍यो ३ करोड भ्युज सेलिब्रेशन

पछिल्लो समयमा निकै मन पराइएको गीत ‘नाच फिरिरी’ले युट्यूबमा ३ करोड भ्युज पार गरिसकेको छ ।

युट्यूबमा ३ करोड भ्युज पार गरेको खुशीयाली सँगसँगै गीतलाई शुक्रबार यो स्थानसम्म पुर्याउन मद्दत गरेकोमा मिडियालाई धन्यबाद दिदै ‘नाच फिरिरी’ टिमले एक कार्यक्रमको आयोजना गरी सेलिब्रेशन गरेको थियो ।

गायक महेश काफ्ले, नायिका स्वस्तिमा खड्का, निर्माता अशिफ शाह, असिम शाह, आकाश खड्का लगायतले केक काटेर खुशीयाली साटेका थिए ।

गीतले शुक्रबार यति धेरै दर्शक, श्रोताको माया पाएकोमा आफू र आफ्नो टिम निकै खुशी रहेको गायक महेश काफ्लेले उक्त कार्यक्रममा बताए ।

यस्तै कार्यक्रममा बोल्दै नायिका स्वस्तिमा खड्काले यो माया ुनाच फिरिरीु टिमले गरेको मेहेनतको प्रतिफल रहेको बताइन् ।

‘नाच फिरिरी’मा शब्द तथा सङ्गीत गायक काफ्ले स्वयंमको रहेको छ ।

गीतको सङ्गीत संयोजन भने रिकेश गुरुङले गरेका हुन् । गीतमा महेशलाई गायिका मेलिना राईले साथ दिएकी छिन् ।

भिडियोमा निश्चल र स्वस्तिमाका अलावा पोखराको चर्चित नृत्य समूह क्रिस्टल क्लज डान्स क्रु र कलाकार प्रकाश घिमिरेले साथ दिएका छन् ।

भिडियोमा शिवराम श्रेष्ठ र सुरज श्रेष्ठको छायाङ्कन रहेको छ भने भिडियोको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: