Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राष्ट्रपति भण्डारीलाई साधारण र सादकीपूर्ण जीवन जिउन डा.पराजुलीको सुझाव

अनिल गुप्ता

बारा, मंसिर ७ ।

नेपालको राष्ट्रपति विद्यादेवी भंण्डारीको निवास, गाडी, जीवनशैली साधारण एवम सादगीपूर्ण जीवन जिउनका लागी पूर्वसासद एवम् नेपाली कांग्रेस पूर्ण मूख्य सचिव डा.शोभाकर पराजुलीले सुझाव दिएका छन् ।

सादगी शैली, अन्य मुलुकहरुका लागि पनि उदाहरण बन्न सकोस् भन्नेतर्फ सबैको ध्यान जाओस् भन्ने हार्दिक अपिल पनि गरे ।

नेपाल सरकारले राष्ट्रपतिको गाडी, निवासलाई भड्किलो नबनाई गरीब, असहाय, निमुखाका छोराछोरीहरुको लालनपालन र पढाईमा तथा सो वर्गका ब्यतिmहरु जो पैसाको अभावमा रोग लागिसक्दा पनि प्रभावकारी रुपमा उपचार गराउन पाएको छैन, त्यस्ता व्यतिmहरुमा रकम खर्च गर्दा सुनमा सुगन्ध थपिन्थ्यो डा.पराजुलीको कथन रहेको थियोे ।

नेपाली जनताको रगत र पसिनाबाट आएको रकमको खेलवाड नगर्न सरकारका मन्त्रिहरुलाई आग्रह गरे ।

राष्ट्रपति भंण्डारीलाई साधारण र सादकीपुर्ण जीवन जिउन अपिल गरे । सरकारले १८ करोडको गाडी खरिद गरेको हो भने र भडकिलो आवासको प्रबन्ध मिलाएकोमा घोर आपत्ति जनाएका छन् । हाम्रो राष्ट्रपतिको निवास, गाडी र जीनवशैली निकै भडकिलो हुनु नेपाली जनताका लागि र्दुभाग्य रहेको कुरा बताए । आफनै गृह जिल्ला बाराको प्रत्येक महानगरपालिका, नगरपालिका, गाउपालिकाको कार्यकर्ताहरुसंग भेटघाट गर्ने उद्देश्यले आईपुगेका नेता पराजुलीले पत्रकारहरु संगको भेटमा यस्तो कुरा बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: