Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अभिनेत्री आशिकाको यस्तो छ अठोट !

अभिनेत्री आशिका तामाङलाई चिन्नुहुन्छ ? यदि चिन्नुहुन्न भने नेपाली चलचित्र ‘सुश्री’ हेर्नुहोला । अभिनेता आर्यन सिग्देलसँग रोमान्स गर्ने अभिनेत्री उनी नै हुन् ।

उक्त चलचित्र उनको डेब्यु थियो । १ करोड लगानी लगाएर उनी आफैं हिरोइन बनेकी थिइन् । तर, चलचित्र बक्सअफिसमा डिजास्टर साबित भयो ।

हलिउड अभिनेत्रीद्वय किम कार्दशियन र एन्जेलिना जोलीसँग आफ्नो फिगर दाँज्न रुचाउने उनलाई ‘खसिनी काण्ड’ ले एकाएक चर्चामा ल्याएको थियो । हालै जर्मनीबाट लगभग २ वर्षको बसाईका लागि नेपाल आएकी उनी २ घण्टाको फिल्मले नचिनाएको आफूलाई २ मिनेटको भिडियोले सबैमाझ चिनिएको बताउँछिन् ।

अब उनी पुनः फिल्म निर्माण गर्ने सोचमा छिन् ।

चलचित्र ‘सुश्री’ बाट एक करोडभन्दा बढी डुबाएँ । अब डेब्यु फिल्ममा भएको घाटा उठाउने गरी फर्किएको छु । नेपाल बसाईको क्रममा फिल्म निर्माण गरेर र हिट बनाएरै जर्मनी फर्किन्छु’, उनी भन्छिन् । उनले फिल्म बनाउन हतार भने नगर्ने बताइन् ।

आशिका अगाडि भन्छिन्, ‘पहिला फिल्म गर्दा केही थाहा थिएन । अन्धाधुन्ध फिल्म निर्माण र अभिनयमा होमिएँ । अब हतार गर्दिनँ । पहिला सबै बुझ्छु । अग्रजहरुसँग सल्लाह लिन्छु अनि मात्र फिल्म बनाउँछु ।’ फेरि हिरोइन बन्ने हो ? उनी भन्छिन्, ‘अहिले नै यस विषयमा सोचेकी छैनँ।’

हरेक वर्ष ९० प्रतिशतभन्दा बढी चलचित्रका निर्माताले करोडौं डुबाउने गरेको बताउँदै आशिका, आफूले एक करोड डुबाए पनि धेरै सिक्न पाएको बताउँछिन् । भन्छिन्, ‘नेपालमा ५–१० प्रतिशत फिल्ममात्र हिट छन् । अब त्यसमा म पनि परेरै छाड्छु ।’ उनलाई अभिनेता आकाश श्रेष्ठसँग भने रोमान्स गर्ने इच्छा रहेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: