जनमोर्चाद्वारा बस दुर्घटनाप्रति दुःख व्यक्त

कैलाली, मंसिर ७ । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले बिहीबार साँझ डडेल्धुरा र शुक्रबार बिहान दार्चुलामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । जनमोर्चाले आज एक प्रेस बक्तव्य जारी गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो ।

प्रदेश सचिव लक्षीराम आचार्यद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘मंसिर ६ र ७ गते डडेल्धुरा र दार्चुलामा बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौं । साथै, घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना एवं शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछौं ।’

याे पनि पढ्नुस  रुकुममा बस दुर्घटनाः १४ जना घाइते, तीनको अवस्था गम्भीर

यस्तै, जनमोर्चाले सुदूरपश्चिम प्रदेशमा बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न प्रदेश सरकारको ध्यान जान आवश्यक रहेको बताएको छ । दुर्घटनाबाट सयौंको ज्यान तथा अंगभंग भइरहेकाले यसको नियन्त्रण गर्न जनमोर्चाले प्रदेश सरकारको ध्यान आकृष्ट गरेको छ ।

साथै, उसले मृतक र घाइतेका परिवारकालाई उचित क्षतिपूर्ति व्यवस्था गरिदिन राज्यसँग आग्रह गरेको छ । जनमोर्चाले दुर्घटना हुनुको सत्यतथ्य कारण पत्ता लगाउन पनि राज्यसँग माग गरेको छ ।

याे पनि पढ्नुस  एकाबिहानै चितवनमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते

कमेन्ट गर्नुहोस्