निर्मला र घनश्यामको स्वर रहेको ‘सपनी मै’ गीत सार्वजनिक

निर्मला चौहान र घनश्याम जोशीको स्वर रहेको गीत ‘सपनी मै’ सार्वजनिक भएको छ ।

आकर्षक भिडियोसहित गीत हाइलाइट नेपालको युट्युव मार्फत सार्वजनिक भएको हो ।

घनश्याम गौतमकै शब्द तथा टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो जनता डिजिटलले निर्माण गरेको हो । भिडियोमा शिशिर र पेसलाको अभिनय देख्न सकिन्छ ।

याे पनि पढ्नुस  डा. डीआरको ‘राखिदिए जिन्दगीको हरेक...’ गीत सार्वजनिक

भिडियोमा शिशिर बझाङे ठिटोको रुपमा प्रस्तत भएका छन् भने पेसला पुर्बेली ठिटीको रुपमा देखिएकी छन् । प्रेम, प्रेम पीडा तथा रोमान्स देखाइको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।

भिडियोमा कोरियोग्राफ माला मगर र छायांकन दिपक गिरी एण्ड टिमको रहेको छ ।

कमेन्ट गर्नुहोस्