Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पाकिस्तानमा दोस्रो ठुलो आक्रमण, बम विष्फोटमा २५ जना मारिए

इस्लामाबाद, मङ्सिर ७ । पाकिस्तानमा अर्को ठुलो आक्रमण भएको छ । खैबर पख्तुनख्वा प्रान्तको एउटा मदरसा नजिकै शुक्रबार भएको बम आक्रमणमा परी कम्तिमा पनि २५ जनाको ज्यान गएको छ भने ३५ जना जति घाइते भएको समाचार प्राप्त भएको छ ।

यो घटना कराचीमा शुक्रबार भएको बन्दुक आक्रमणको लगत्तै भएको हो । यो बम आक्रमण औरकजई जिल्लाको कलाया क्षेत्रको जुमा बजारमा भएको हो । उक्त जिल्लामा आदिवासीहरूको बसोबास रहेको छ ।

घटनाको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यस घटनामा संलग्नहरूलाई चाँडै पत्ता लगाइने बताए ।

उनले कराची आक्रमणले चीन पाकिस्तान सम्बन्ध कम्जोर नहुने प्रतिक्रिया दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: