घुस दिन नसकेको भन्दै राजीनामा दिने डा. अधिकारीद्धारा गल्ती स्वीकार (विज्ञप्तिसहित)

काठमाडौं, मंसिर ७ । चाकडी र घुस दिन नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका डा. ध्रुबराज अधिकारीले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् ।

वीर अस्पतालका न्यूरो सर्जन डा. अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य ऐन अनुसार काम गर्न नसकेको भन्दै गल्ती स्वीकार गरेका हुन्।

उनले कानुनी प्रक्रिया र प्रशासनिक विषयवस्तुको अज्ञानताका कारण स्वास्थ्य सेवा ऐन अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् ।

उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भएको पदस्थापनामा त्यसै बेला रमाना लिई हाजिर हुनु पर्नेमा कानुनी प्रक्रिया र प्रशासनिक विषयवस्तुको अज्ञानताबस उक्त अस्पतालमा हाजिर हुन नगएका कारण समस्या सिर्जना भएको जनाएका छन्।

 

 

कमेन्ट गर्नुहोस्