Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पेन्सनसहितको सामाजिक सुरक्षा कार्यक्रम घोषणा, यस्ता छन् विशेषता

काठमाडौं, मंसिर ७ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने शुक्रबार घोषणा गरेको छ । मंसिर ११ गते प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेपछि यो विधिवत रुपमा सुरु हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिएको जनाएको छ।

यो योजना लागू भएपछि योगदानमा आधारित पेन्सनसमेत सुरु हुनेछ। सरकारले निर्माण गरेको सामाजिक सुरक्षा कोषमा रोजगारदाताले ११ प्रतिशत र श्रमिकको २० प्रतिशत जम्मा हुनेछ।

श्रमसचिव महेश्वर दाहालले सामाजिक सुरक्षा योजना सञ्चालनको लागि आवश्यक पर्ने सबै कानुन तथा कार्यविधिहरु पूरा भएको बताए। उनले रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुमधुर भई औद्योगिक लगानीको लागि वातावरण बन्नुको साथै श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी भएको बताए।

६ महिना योगदान गर्ने श्रमिकले अर्को ६ महिनासम्म चिकित्सकको परामर्श सेवा, अस्पताल भर्नाबापतको शुल्क, निदान तथा परिक्षण सेवा बापतको खर्च औषधि बिलबमोजिमको खर्च, घरमै बसी उपचार गराउनुपर्ने अवस्थाका बिरामीको डाक्टर घर जाँदा(आउँदाको खर्च पाउने सुविधा छ।

दुर्घटना भई आवश्यक भएकोमा बाहेक प्लास्टिक सर्जरी तथा दाँतको उपचार खर्च वारियर्टिक सर्जरी (वोसो निकाल्ने) बापतको खर्च, महामारी भई कोषले स्वास्थ्य सुविधा निलम्बन गरेको अवस्थामा भने सुविधा पाउने छैन।

अस्पताल भर्ना भई उपचार गराउँदा वर्षमा एक लाखसम्म, घरमै बसी उपचार गराउँदा वर्षमा २५ हजार रुपैयाँसम्म सुविधा पाउनेछ। कुल दाबीको २० प्रतिशत मात्रै श्रमिकले तिर्नुपर्छ।

बिरामी बिदामा बस्दा १२ दिन बिरामी बिदाबापत पुरै पारिश्रमिक रोजगारदाताबाट पाउने, त्यो भन्दा बढी बिरामी बिदामा बस्नु पर्दा १३ हप्तासम्मका लागि आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषबाट पाउने सुविधा छ।

मातृत्व सुरक्षा योजनाअन्तर्गत पछिल्लो १८ महिनामा १२ योगदान गरेका गर्भवती श्रमिकले गर्भ अवस्थाको नियमित परीक्षण, अस्पताल भर्ना तथा शल्यक्रिया र नवजात शिशुको उपचारबापतको औषधि उपचारबापतको खर्च, प्रसूति स्याहारका लागि प्रतिमहिना न्युनतम पारिश्रमिकबरावर रकम, सुत्केरीका श्रीमान्‌ले पनि महिना दिनको न्युनतम पारिश्रमिक पाउनेछ। यस्तै प्रसूति बिदा अवधि ९८ दिनमध्ये ६० दिनको रोजगारदाताले दिने र सो बाहेक ३८ दिनको लागि खाईपाई आएको पारिश्रमिकको ६० प्रतिशत रकम पाउनेछ।

दुर्घटना र अशक्तता सुरक्षा योजनाअन्तर्गत कोषले तोकेको उपचार खर्च अस्पतालमै भुक्तानी हुनेछ। काममा नफर्के न्युनतम तलबको ६० प्रतिशतसम्मको पारिश्रमिक भुक्तानी हुनेछ।

स्थायी रुपमा काममा फर्कन नसक्ने आधारभूत तलबको ६० प्रतिशतलाई शतप्रतिशत मानी असक्षमता प्रतिशतको आधारमा जीवनभर निवृत्तिभरण (पेन्सन) पाउने, स्थायीरुपमा पूर्ण असक्षम भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबर रकम मासिक रुपमा जीवित भर निवृत्तिभरण पाउनेछ।
आश्रित परिवारलाई सुविधा पति वा पत्नी जीवित रहेसम्म अन्तिम आधारभूत तलको साठी प्रतिशतले निवृत्तिभरण पाउनेछ। अन्तिम संस्कारका लागि २५ हजार रुपैयाँ उपलब्ध हुनेछ। कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: