Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डडेल्धुरा बस दुर्घटनाः हेलिकोप्टरबाट घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं, मंसिर ७ । डडेल्धुरामा भएको बस दुर्घटनाका घाइते ७ जनालाई थप उपचारका लागि काठमाण्डौं ल्याइएको छ । उनीहरुलाई आज दिउँसो हेलिकोप्टर मार्फत काठमाण्डौं ल्याइएको हो ।

दुर्घटनामा परी घाईते भएका २७ जनामध्ये गम्भीर अवस्थाका धनगढी र कोहलपुरमा उपचार भइरहेका ७ जनालाई थप उपचारका लागि काठमाण्डौं ल्याइएको बताइएको छ । कोको हुन् थप उपचारका लागि काठमाडौं ल्याएको घाइते हेर्नुस्-

जि.डडेल्धुरा गन्याधुरा गा.पा.३ घर भई जि.क.पु.भि.न.पा.अन्तर्गत बस्ने बर्ष २२ की मिना सार्की अवस्था मध्यम माया मेट्रो अस्पतालबाट ।
जि.डोटी शिखर न.पा. ८ तिलताली बस्ने बर्ष १६ को महादेब रावत अवस्था मध्यम सेती अंचल अस्पतालबाट
जि. डडेल्धुरा ग्यापधुरा ३ बस्ने बर्ष २४ को सुशिल बोहरा ।

मिति २०७५।०८।०७ राती ०१:४५ बजे जिल्ला डोटी शिखर न.पा.बस्ने बर्ष १४ की राधिका धामी ।
जि. डोटी बल्लेख गा.पा. १ बस्ने बर्ष २८ को लोक महारा ।
जि.डोटी शिखर न.पा.११ बस्ने बर्ष ३८ को भक्त बलायर ।
मिति २०७५।०८।०७ गते राती ०७:३५ बजे जि.डोटी दि.सि.न.पा.४ बस्ने बर्ष ९।१० को नबिन बि.क. सेती अंचल अस्पतालबाट ।

बिहीबार साँझ भएको यो दुर्घटनामा १८ जनाको ज्यान गएको थियो ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: