सप्तरीमा यात्रुवाहक बस पोखरीमा डुब्यो, ५ जनाको मृत्यु 

सप्तरी, मंसिर ७ । डडेल्धुरा, दार्चुला र सिरहा बस दुर्घटना सेलाउन नपाउँदै सप्तरीमा पनि बस दुर्घटना भएको छ । जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिकामा यात्रुबाहक बस पोखरीमा डुब्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई स्थानीय र प्रहरीको टोलीले उद्दार गरिरहेको छ। बसमा कति यात्रु सवारी थिए एकिन विवरण आएको छैन ।

याे पनि पढ्नुस  काभ्रेमा यात्रुवाहक बस दुर्घटना, १८ जना घाइते

दुर्घटनामा परी २० जना यात्रु घाइते भएका छन् । दुर्घटनास्थलमा स्थानीय र प्रहरीको टोली पुगिसकेको छ ।  गम्भीर घाइते भएकाहरुको उपचारका लागि अस्पताल लगिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्