Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रवि नेपाल आइडलको ‘टप ६’ मा पुग्न सफल, नीलिमा बाहिरिइन् !

काठमाडौं, कार्तिक ३० । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन-२’ मा सुदूरपश्चिमबाट सहभागी रवि ओड ‘टप ६’ मा पुग्न सफल भएका छन् ।

दर्शकको भोटका आधारमा उनी  ‘टप ६’ मा पुग्न सफल भएका हुन् । आज चितवनी नीलिमा थापा मगर बाहिरिएकी छन् । नीलिमाले भोटका लागि बिहीबार ‘बेहुली’ बोलको गीत गाएकी थिइन् । रविले भने हिजो (बिहीबार) को अंकमा ‘नाइ मलाई थाह छैन’ बोलको गीत गाएका थिए ।

नेपाल आइडलमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी रहेका रवि वडलाई कसरी गर्ने भोट ? यो प्रश्नको जवाफबारे धेरैलाई थाह नहोला । त्यसकारण हामी जानकारी गराउँदै छौं- रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: