Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सरकार असफल भएको कांग्रेसको टिप्पणी निरर्थक: लालबाबु पण्डित

झापा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अहिले नै सरकार असफल भएको कांग्रेसको टिप्पणी गर्नु निरर्थक रहेको बताएका छन् ।

झापाको अर्जुनधारामा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले बिगारेको काम सुधार्दा समय लागेको भन्दै सरकारको कामको मूल्यांकन गर्ने समय नभएको जिकिर गरे ।

मन्त्री पण्डितले विगतका निर्णय कार्यान्वयन गर्दै सरकार अगाडि बढेकाले सरकारको निर्णय गलत भनेर काँग्रेसले आफ्ना गल्ती ढाकछोप गर्न खोजेको टिप्पणी गरे ।

मन्त्री पण्डितले राष्ट्रपति कार्यालय विस्तार र सवारी साधन खरीद सम्बन्धी निर्णय काँग्रेस सरकारमा रहेको बेला भएको दाबी गर्दै अहिले त्यसको विरोध गर्नुको अर्थ नरहेको स्पष्ट पारे ।

उनले स्थानीय, प्रदेश र केन्द्रीय तहका कर्मचारीको सेवा सुविधा फरक बनाउने गरी निजामति ऐन बनाउन लागेको जानकारी समेत दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: