कपिलवस्तुमा गोली प्रहार गरि प्रदेशसभा उमेद्वारको हत्या

कपिलवस्तु , मंसिर ८ । जिल्लाको शुद्धोधन गाँउपालिका–४ मोतीभारीका ३० वर्षीय दिपेन्द्रकुमार चौधरी (राजा बाबु) को शुक्रबार गोली प्रहार गरि हत्या गरिएको छ ।

घर नजिकै राति ९ बजे उनलाई बाटोमा गोली प्रहार गरिएको थियो। उनको टाउकोमा ४ राउण्ड र कोखमा एक राउण्ड गोली प्रहार गरिएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक अच्युतमप्रसाद पुडासैनीले बताए।

गोली लागेर गम्भीर घाइते भएका उनलाई लुम्बिनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारकालागि भैरहवा लैजाने क्रममा मृत्यु प्रहरीले जनाएको छ।

उनी गतवर्ष सम्पन्न प्रदेशभा निर्वाचनमा कपिलवस्तु–१ (ख) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उमेद्वार बनेका थिए । घटनापछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

कमेन्ट गर्नुहोस्