Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डडेल्धुरा बस दुर्घटनाः सरकारले घाइतेको उपचार खर्च बेहोर्ने निर्णय गरेपछि बलायरले पनि खर्च दिने

डोटी, मंसिर ८ । डडेल्धुरा र डोटीको सीमानामा भएको बस दुर्घटनाका घाइतेको उपचार खर्च सुदूरपश्चिम प्रदेशले गर्ने घोषणा गरेसँगै पूर्वमन्त्री वीरबहादुर बलायरले पनि घाइतेको उपचार गर्च व्यहोर्ने भएका छन् ।

बिहीबार साँझ डा. केआईसिंह राजमार्गको रढुवा खोलामा भएको पिसजोन एकेडेमीको बस दुर्घटनामा घाइते भएकाहरुको उपचार खर्च नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलायरले पनि व्यहोर्ने भएका हुन् ।

उनले दुर्घटनामा परि काठमाडौंको वीर अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको उपचार खर्च आफूले व्यक्तिगत रुपमा ब्यहोर्ने बताए ।

घाइतेलाई अस्पतालमा भेट्दै उनले यस्तो घोषणा गरेका हुन् । बस दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: