Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चाँडै संघीय निजामती ऐन आउँछः मन्त्री पण्डित

बनियानी, मंसिर ८ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीय निजामती ऐन चाँडै आउने बताएका छन् ।

झापाको अर्जुनधारामा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले एक महिना अघिदेखि मन्त्रिपरिषद्मा निजामती ऐनका विषयमा भइरहेको छलफल सकिएपछि सार्वजनिक गर्ने बताए । उनले स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहका राष्ट्रसेवक कर्मचारीको सेवा–सुविधा पनि फरक बनाउने तयारीमा सरकार रहेको बताए ।

मन्त्री पण्डितले प्रतिपक्षी दल कांग्रेसले सरकार असफल भयो भन्नुमा कुनै तुक नरहेको उल्लेख गर्दै सरकारमा भएका बेला बिगारेको काम वर्तमान सरकारले सपार्दै गरेको दावी गरे । यसैबीच, मैथली समाज अर्जुनधाराले मन्त्री पण्डितलाई कदरपत्रसहित सम्मान गरेको छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: