Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अान्दाेलन लम्ब्याउन निर्मलाका बुवालाई मार्न खाेजेकाे गम्भीर अाराेप, अधिकारकर्मी नै दुई खेमामा

कञ्चनपुर, मंसिर ८ । कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तका बाबु यज्ञराज पन्तको हत्या गर्ने षड्यन्त्र भएको खुलासा भएको छ । छोरी निर्मला पन्तका हत्यारा सार्वजनिकको माग राख्दै १४ दिनदेखि अनिश्चितकालिन धर्नामा रहेका यज्ञराजको हत्या गर्ने षड्यन्त्र खुलासा भएको हो ।

अधिकारकर्मी माया नेगी र यज्ञराजकै जेठी श्रीमती दुर्गादेवी पन्तले आफ्ना श्रीमानलाई मार्न लागेको खुलासा गरेका हुन् ।

निर्मलाकी आमा दुर्गादेविले हेलन श्रेष्ठ नेतृत्वको नागरिक संघर्ष समिति र अधिकारकर्मी माया नेगीले शनिबार पत्रकार सम्मेलन मार्फत सो कुरा खुलासा गरेका हुन् ।

अधिकारकर्मी नेगीले आफुलाई यज्ञराजले गालीगलौच गरेको विषय युटुबमा भाईरल भएपछि आपत्ति जनाउँदै जुनदिनदेखि यज्ञ बरबराईरहेका थिए, सोही दिन उनको खल्तीमा विषादी पदार्थ (सलपास) भेटिएको बताईन् ।

‘यज्ञराज पन्तको गोजीमा ‘विष’ भेटिएका बेला कुनैपनि पत्रकारले विषय बाहिर ल्याएनन्, ‘उनले दुखेसो पोखिन, ‘मलाई गाली गरेको विषय भाईरल गरियो ।’

दिनरात धर्नामा बसेका यज्ञराजको गोजीमा कहाँबाट विष आयो, कसले बजारबाट किनदियो, किन धर्ना स्थलमा विषादी ल्याईयो ? यस्ता विषयको पनि खोजी हुनुपर्ने अधिकारकर्मी नेगीको माग छ ।

धर्ना स्थलमा गोजीमा सलपास भेटिएपछि तरंग मच्चिएको छ । यसलाई अधिकारकर्मीले यज्ञराजको हत्या गर्ने योजना रहेको बताएका छन् ।

अधिकारकर्मी नेगीले यज्ञराजको स्वास्थ्यसंगै मानसिक अवस्था बिग्रीदै गएपछि आफुले शुरुमै उपचारका लागि काठमाण्ठौं लग्नुपर्छ भन्दा कान्छी श्रीमती लक्ष्मी लगायतका केही अधिकारकर्मी सहमत नभएको दुखेसो पोखिन् ।

‘मैले यज्ञराजको स्वास्थ्य अवस्था सुधारका लागि सबैले चिन्ता गर्नुपर्छ भन्दा उल्टै ममाथी खनिए, आज आएर मेरो सार्वजनिक रुपमा गालीबेईजती गरियो, ‘उनले दुखेसो पोखिन्, ‘न्यायका लागि लड्दालड्दै म माथि उल्टै आरोप थुपारियो ।’ आफैँ बाँचे मात्रै न्याय माग्न सकिने भन्दै उनले सरकारले यज्ञराजको सम्पूर्ण उपचार गर्नुपर्ने उनको सुझाव थियो ।

‘यो भिडियोले मलाई बाँच्न समस्या भएको छ, उनले भनिन, ‘भिडियोले मेरो प्रतिष्ठा र इज्जत माथि दाग लागेको छ ।’ आफूले निर्मलाका बाबु यज्ञको उपचारका लागि चिन्ता व्यक्त गर्दै जाँदा सहकर्मीबाटै कसबाट परिचालित भन्दै आरोप लगाईएको उनको दुखेसो छ ।

अधिकारकर्मी नेगीले सरकारबाट पाईएको राहत पुरै निर्मलाकी जेठी आमालाई दिनुपर्छ भन्दा आफू बिरुद्ध कान्छी आमा लागेको ठोकुवा गरिन् । न्यायका लागि जतिसुकै आरोप लागेपनि संघर्ष गरिरहने उनको प्रण छ ।

निर्मलाको न्यायिक आन्दोलनमा होमिएको दवावमुलक सघर्ष समितिका पदाधिकारीसामु पनि निर्मलाकी जेठी आमा दुर्गादेवी पन्तले आफ्ना श्रीमानको खल्तीमा विष भेटिएको बताएकी थिइन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: