Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बानेश्वरमा ग्याङ फाइटः खुकुरी प्रहार गर्ने २ जना पक्राउ

काठमाडौं, मंसिर ८ । काठमाडौंको बानेश्वरस्थित गैरीगाउँमा भएको ग्याङ फाइटमा खुकुरी प्रहार गर्ने २ जना पक्राउ परेका छन् । त्यहीको सुकुम्बासी टोलमा ग्याङ फाइट हुँदा खुकुरी प्रहार गरेर बिक्की लिम्बुको हत्यामा संलग्न दुई जनालाई प्रहरीले घटना घटेको केही घण्टामै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका मनिष बानियाँ र काठमाडौंको तार्केश्वर नगरपालिका घर भएका महेश परियार रहेका अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले बताए । हत्यामा संग्लन दुवैलाई

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । महाशाखाका प्रहरी नायब उपरिक्षक (डिएसपी) रुगम कुँवर नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई काठमाडौंको साङ्लाबाट नियन्त्रणमा लिएको बताएको छ ।

शनिबार मध्यान्ह बानेश्वरस्थित सुकुम्बासी वस्तीमा दुई समूहबीच ग्याङ फाइट हुँदा सुकुम्बासी टोलमा बस्दै आएका विक्की लिम्बुको मृत्यु भएको थियो ।

मनिष बानियाँ र महेश परियारले खुकुरी प्रहार गरेपछि गम्भिर घाईते भएका लिम्बुको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा अनिल श्रेष्ठ (बर्ष २३) गम्भिर घाईते भएका छन्, उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: