Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नुवाकोटका वासुदेवलाई कोरियामा रहेका नेपालीको सहयोग

काठमाडौँ,मङ्सिर ८।ढाडमा आएको ट्युमरले थलिएका नुवाकोटका वासुदेव तिमल्सिनालाई कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन।

विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुटार घर भएका वासुदेव तिमल्सिनाको उपचारका लागि किस्पाङ–३ काउले नुवाकोटका शिवप्रसाद भट्टको अगुवाइमा संकलन भएको ९२ हजार रूपैयाँ शनिबार पीडित २३ वर्षीय तिमल्सिनालाई हस्तान्तरण गरिएको हो ।

भट्ट लगायतले कोरियामा संकलन गरेको नेपाली ९२ हजार रूपैयाँ शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको नीजि सचिवालयमा रहेका विनोद न्यौपानेले पीडितलाई कोठामै गएर प्रत्यक्ष रूपमा हस्तान्तरण गरेका हुन ।आर्थिक अभावमा उपचारमा समस्या झेलिरहेका वासुदेवले जीवन रक्षाका निम्ति भट्ट र न्यौपानेको समन्वयमा पैसा पाएपछि आफूलाई बाच्ने आशा अझै बढेको बताए । धेरै महंगो औषधि सेवन गर्नुपरेका कारण आफ्नो परिवारको आर्थिक हैसियतले उपचार सम्भव नभएपछि आफूले सहयोग यचाना गरेको भन्दै उपचारबाट आफू सामान्य बन्दै गरेको बताएका छन ।

उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने र आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन । तिमल्सिना झन्डै तीन बर्ष अगाडिदेखि ब्रेन ट्युमरको समस्याबाट पीडित रहेकोमा १८ महिनादेखि फेरि ढाडमा पनि ट्युमर आएपछि झनै पीडित बनेका थिए । पीडित तिमल्सिनाको एक श्रीमति र एक छोरा रहेका छन ।
तिमल्सिना हाल काठमाण्डौं लोलाङ हाईटमा डेरामा बसेर उपचाररत छन् ।

यता सहयोग हस्तान्तरण गरेपछि स्वास्थकर्मी न्यौपानेले एक जनालाई अफ्ठेरो पर्दा सहयोग गर्ने नेपाली परम्परा अनुसारनै आफूहरूले सहयोगका निम्ति पहलकदमी लिएको बताए । तिमल्सिनालाई उपचारका निम्ति सहयोग गर्न पाउँदै खुशी लगेको भन्दै चाँडै निकोहोस भन्ने उनले कामना पनि गरे । न्यौपानेले नुवाकोटका धेरै त्यस्ता उपचार गर्न नसक्ने बिरामीलाई आर्थिक सहयोग जुटाएर सहयोग गर्दै आएका छन ।
उनी हाल शिक्षामन्त्री गरिराजमणि पोखरेलको निजी सचिव समेत हुन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: