गैर आवासीय नेपाली संघ युएईको बार्षिक भेला सप्पन्न

युएई,मङ्सिर ९।गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको बार्षिक पार्षद भेला गत शुक्रबार दुबई स्थित काल्टन टावर होटलमा सम्पन्न भएको छ ।

‘सामुहिक लगानी, श्रम मैत्री र स्वरोजगार, सामाजिक सुरक्षा, राष्ट्र समृद्धिको आधार’ भन्ने नाराका साथ सुरु गरिएको भेलामा एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठको सभापतित्व रहेको थियो भने कार्यक्रममा नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत सागर फुँयालको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा विषेश अतिथिहरुमा नेपाल प्रहरीका आइजीपी सर्बेन्द्र खनाल, सिआइबीका निर्देशक डीआइजी निरज शाही, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी, नेपाल प्रहरीका एसपी देउती गुरुङ्ग रहेका थिए।

याे पनि पढ्नुस  एनआरएनए अध्यक्षमा कुमार पन्तको उम्मेदवारी घोषणा, यस्ता छन् २० प्रतिवद्धतापत्र

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत सागर फुँयालले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को मुल योजना सफल बनाउन परदेशमा रहेका सम्पुर्ण नेपालीहरुले सहयोग गर्नुपर्ने बताएका थिए। उनले निकट भविष्यमा नै नेपाली दुतावासले युएईमा रहेका सात वटै राज्यमा रहेका केन्द्रीय जेलहरुको भ्रमण गरिने र लेबर क्याम्पहरुमा सचेतना कार्यक्रमहरु लिएर जाने बताउँदै उक्त अभियानमा युएईमा क्रियाशिल विभिन्न संघ संस्थाहरुको सहयोगको अपेक्षा रहेको बताएका थिए।

याे पनि पढ्नुस  कोरोना परीक्षणमा युएई सरकारसंग दूतावासले समन्वय गर्ने, भिषा सकिएकाको जरिवाना मिनाहा

कार्यक्रममा एनआरएन युएईको तर्फबाट संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरु र आगन्तुक पाहुनाहरुलाई सम्मान र कदर पत्र वितरण गरिएको थियो भने “ सर्वोत्कृष्ट क्षेत्रीय समन्वय परिषद पुरस्कार “ बिधामा युएईमा रहेका सम्पूर्ण ७ वटा RCC हरु मध्येबाट क्षेत्रले गरेका सम्पुर्ण सामाजिक तथा सॉस्कृतिक गतिविधिहरुको उच्च मुल्याङ्कन गर्दै अल एन RCC लाई BEST RCC AWARD द्वारा पुरस्कृत गरिएको थियोे।

याे पनि पढ्नुस  नेपालका सडक बालबालिकालाई सहयोग गर्न युएईबाट अभियान सुरु

यस्तै कार्यक्रममा बोल्दै नेपाल प्रहरीका आइजीपी सर्बेन्द्र खनालले मानव तस्करी हरुलाइ कारबाही गर्न विशेष योजना तयार गरिएको बताउदै वैदेशिक रोजगारीका नाममा हुने ठगिलाइ रोक्न तत्काल कदम चालिने बताएका छन।

युएईमा आयोजना गरिएको इन्टरपोलको ८७ औं महासभामा भाग लिन आएका खनाल सहितको टोलि सनिवार नेपाल फर्किएको छ।

कमेन्ट गर्नुहोस्