Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राष्ट्रपतिलाई १८०० करोड गाडीका लागि भिख माग्दै (भिडियोसहित)

काठमाडौं, मंसिर ९ ।

राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै केही युवाहरुले राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् ।

जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैयाँ भिख मागेका हुन् ।

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडी सहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भइरहेका बेला स्वतस्फुर्त रुपमा युवाहरु भीख माग्ने कार्यक्रमा सहभागी भएका हुन् ।

शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले “दान गर्नुहोस् पुन्य कमाउनुहोस्” भन्दै सर्वसाधरणसंग एक एक रुपैया भिख मागेका हुन्।

१८ करोड रुपैयाको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पूरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन् । युवाहरुले पशुपति वनकाली क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बुढाबुढी सबैसंग भिख मागेका थिए ।

युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर वा उठेको सबै पैसा राष्ट्रपति कार्यालयलाई बुझाउने बताए ।

पशुपति मन्दिर परिसर यसरी युवाहरुको जमात भिख माग्दै गरेको भिडियो हेर्नुहोसे-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: