पूर्वसचिवद्वारा कोषमा १० हजार प्रदान

मङ्गलबारे, मङ्सिर ९ ।

नेपाल पत्रकार महासंघ इलाम शाखाले स्थापना गरेको पत्रकार आपत्कालीन राहत कोषमा शाखाका पूर्वसचिव बुद्धवीर राईले रु १० हजार सहयोग प्रदान गरेका छन् ।

रोजगारीका लागि दक्षिण कोरिया जानुभएका राईले शाखाकी अध्यक्ष कोकिला ढकाललाई रु १० हजारको चेक प्रदान गरेका हुन् । रु ५० हजारबाट महासङ्घले एक महीनाअघि देखि सञ्चालन गरेको आपत्कालीन कोषमा अहिले ७० हजारभन्दा बढी पुगेको छ ।

याे पनि पढ्नुस  तपाईंहरू निर्वाचित गर्नुस् म विकास गरेर देखाउछु : नेता नेम्वाङ

उक्त कोषमा विभिन्न दाताले रकम प्रदान गरिरहेको महासङ्घका अध्यक्ष ढकालले जानकारी दिए ।

जिल्लामा कार्यरत पत्रकारहरुलाई आपत्कालीन अवस्थामा सहयोग गर्न कोष स्थापना गरिएको हो । रासस

कमेन्ट गर्नुहोस्