Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जो दुवै आँखा नदेखेपनि सगरमाथा चढ्दैछन् (भिडियोसहित)

बाग्लुङ सर्कुवाका दृष्टिविहीन अमित केसी यतिबेला सगरमाथा चढ्ने उद्देश्यमा छन् ।

३२ वर्षको जिन्दगानीमा उनले धेरै सपना सजाए, ती सबै चानचुने सपनालाई सगरमाथा चढ्ने सपनाले पुड्को बनाइदिएको छ ।

अमेरिकी नागरिक क्लेफ नेपाल आउँदा फरक क्षमता भएका मानिसहरुलाई आत्मबल र हौसला भर्न तालिम दिने इच्छा देखाएका थिए । उनी थिए, सगरमाथामा पहिलो दृष्टिविहीन पुग्ने देश अमेरिकाको कोलोराडो राज्यका नागरिक । सानातिना हिमाल चढेका र टे्रकिङमा रुचि राख्ने उनी रक क्लाइम्बिङका ट्रेनर रहेछन् ।

अमितका साथी खमराज शर्मासँगको भेटमा क्लेफले आफू दृष्टिविहीनले सगरमाथा चढेको देशको नागरिक हुनुको नाताले नेपाली दृष्टिविहीनलाई पनि केही अनुभव दिलाउन चाहने कुरा गरे ।

त्यसै अनुसार पोखरामा रक क्लाइम्बिङको टे्रनिङ आयोजना भयो । तालिममा अमितसहित ४०–४२ जना दृष्टिविहीन सहभागी थिए ।

दुई हिमालको सफल आरोहण

यसअघि दुई हिमालको सफल आरोहण गरिसकेका छन् उनले । ६ हजार १ सय ८६ मिटर अग्लो आइसल्यान्ड पिक र ६ हजार ६ सय ५४ मिटर अग्लो मेरापिक उनले आरोहण गरिसकेका हिमाल हुन्। २०७२ को सुरु र अन्त्यमा यी दुई हिमालको आरोहण गरेका अमिटलाई यसको अनुभवले पनि सगरमाथामा सफलता पाइन्छ भन्ने पूर्ण विश्वास छ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: