Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण जनवरी ५ मा अमेरिकाको डेनभर शहरमा हुँदै्

काठमाडौँ, मंसिर ९ ।

आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ हुने भएको छ ।

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आगामी जनवरी ५ तारिख २०१९ मा उक्त अवार्ड आयोजना गरिने भएको हो ।

नेपाली चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली चलचित्र अवार्ड गर्दै आएको आयोजक सस्थाका अध्यक्ष नवराज श्रेष्ठले बताएका छन् ।

विगत २ वर्षमा दुई संस्करण संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमानै सफलतापूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।

नेपाली चलचित्रकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली सिनेमाको बजार प्रवद्र्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्डको नेपाल संयोजक तथा नेपाल चलचित्र सोसाइटीका मदुकुमार श्रेष्ठले अवगत गराएका छन् ।

अवार्डको तयारि तिब्र रुपमा भईरहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन् भने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र संयोजक मदु कुमार श्रेष्ठ रहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: