‘भ्वाइस अफ नेपाल’ मा टप १६ मा पुगेका सन्तोषलाई भोट माग्दै बुटवलवासी

बुटवल, मंसिर ९ ।

नेपालकै सर्वाधिक रुचाइएको कार्यक्रम मध्यको ‘भोइस अफ नेपाल’को टप १६ मा पुगेका बुटवलका सन्तोष रानाको लागि भोट माग्दै यस क्षेत्रका युवाहरु लामबद्द भएका छन् ।

आफ्नै घरपरिवार र साथीभाइकै अगुवाईमा बुटवलमा उनको घर रहेको तिलोत्तमा नगरपालिका–२ बाट र्याली निकालिएको एक स्थानीय युवा वीरेन क्षेत्रीले बताए ।

सन्तोषका बुवा जंगबहादुर रानाले आफ्नो छोराको सानैदेखिको एउटा स्टार बन्ने चाहना पूरा गर्न आफूले कुनै कसर बाँकी नराखेको र सन्तोषको स्टार सपनामा आफुले साथ दिँदै आएको बताए ।

त्यस्तै भर्खरै इजरायलबाट सन्तोषका सानोबा केशब राना आएका छन् ।उनि भन्छनस् म इजरायलबाट छोरालाई जिताउन र उसको साधनामा साथ् दिन आएको हु, यो जित पक्कै सन्तोषको हुनेछ ,हामि आशाबादी छौ ।

त्यस्तै आफूले आजसम्म प्रसारण भएको सो कार्यक्रम नछुटाई हेरेको र सन्तोषको प्रस्तुति अन्य प्रतियोगीहरुको भन्दा कुनै किसिममा कम नभएकोले अहिलेको फस्ट ‘भ्वाइस अफ नेपाल’ सन्तोष राना बन्नेमा आफू ढुक्क रहेको अर्का स्थानिय युवा कृष्ण बराल बताउछन ।

याे पनि पढ्नुस  बुटवलमा कम्युनिष्ट नेता पुष्पलालको शालिक तोडे एमाले समर्थकहरुले

आमा बिष्णुमाया राना पनि आफ्नो छोराको संगीतप्रतिको लगाव तथा साधनाले उसलाई पक्कै शिखर चुमाउने आशा गर्छिन ।

तथापि प्रतियोगिता हो, त्यहा पुग्ने सबैले जितिसकेका छन,तर सन्तोष मेरो मात्र छोरा होइन, सारा नेपालीको आवाज बोल्ने छोरा हो, भन्दै उसको खुसीमा आफ्नो साथ् रहेको बताइन् । उनी भावुक हुँदै भन्छिन– प्रतियोगिता हो जित्ला–नजित्ला तर उसमा भएको कला र गाला सायदै भगवानको आशिर्वाद हो, म उसको आवाज सुन्नमै मस्त हुन्छु र मलाइ उसको गायकी पनि अत्यन्तै मनपर्छ त्यसैले आशाबादी छु यो माया सबै नेपालीले दिनेछ ।

याे पनि पढ्नुस  एमालेसँग बराबरी हैसियत नभए वाइसीएलले एकता अस्वीकार गर्छ : महासचिव शेर्पाली

त्यस्तै, अर्का युवा बिदुर केसी पनि आफु सन्तोषको सानै देखिको साथी भएकाले उसले जंगलजादा होस् या स्कुलजादा माइक समातेर स्टारले झैँ गीत गाएको आजै झैँ लाग्छ । सायद हुने बिरुवाको चिल्लो पात भन्ने उखान आज चरितार्थ हुदैछ ।

त्यस्तै अर्का युवा अर्जुनप्रसाद पौडेल भन्छन– “अब सन्तोषको जितका लागि उसले गर्नुपर्ने सबै कुरा गरिसक्यो, अब हामी सबै नेपालीले गर्नुछ, त्यसैले जतिसक्दो भोट गरेर सन्तोषलाई जिताउनु हाम्रो प्रमुख कर्तब्य हो ।’

हुन पनि हो, सन्तोष राना एउटा साधारण परिवारमा जन्मे, हुर्के, पढे, बढे तर उनको लगाव अन्य विधा भन्दापनि संगीततिर खुबै देखिन्थ्यो । फलस्वरूप अहिले सन्तोषले आफ्नो यो प्रतिभा १२ बर्षको साधना अहिले देखाउदै छन् ‘भ्वाइस अफ नेपालमा’ ।

उनलाई भोट गर्न नेपालदेखि मोबाइलको एस.एम.एस बक्समा गएर भोटिङ कोर्ड “२२“ टाइप गरि ३७००० मा सेन्ड गर्न सकिने छ । यदि नेपाल टेलिकमको ल्यान्ड लाईन वा सिम प्रयोग गर्नेले 16667722  डायल गरि सन्तोष राना मगरको भोटिङ कोर्ड “२२” डायल गरी भोट पनि गर्न सकिने छ । त्यसैगरि मोबाइल प्रयोगकर्ताले भारतबाट समेत एसएमएस बक्समा गएर भोटिङ कोर्ड “२२“ टाईप गरि ५३०१० मा सेन्ड गर्न सकिने छ ।

याे पनि पढ्नुस  बलु र दुर्गा तिवारीलाई सहिद घोषणा गर्न सिफारिस गर्ने सहमतिसँगै रुपन्देही बन्द फिर्ता

सन्तोष रानालाई भोट गर्न भारत बाहेकका अन्य देश–विदेशबाट समेत android मोबाइल वा Apple मोबाइलको स्टोरमा गएर The voice of nepal apps डाउनलोड गरि भोट गर्न सकिने छ । तर, एक इमेलदेखि १५ भोटमात्र गर्न सकिने छ ।

हेरौं पहिलो ‘भ्वाइस अफ नेपाल’ को हुने छ त्यो भने प्रतिक्षाको घडी नै रहेको छ ।

 

कमेन्ट गर्नुहोस्