Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘नेपाल अाइडल’ मैले धेरै कुरा सिक्न पाए, स्वास्थ्यको कारण म अघि बढ्न सकिनँ (भिडियोसहित)

नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय फ़्रेञ्चाईज रियालिटी शो हो नेपाल आईडल ।

यो प्रतिस्पर्धात्मक कार्यक्रम नेपालमा आएर नेपालभर छरिएर रहेका कला र गला संसारभर छरिएर रहेका संगीतप्रेमीसम्म पुर्याउन ठुलो भूमिका खेलेको छ । पहिलो सिजन सफलतापूर्वक सम्पन्न गरी दोश्रो सिजन सुरु गरेको नेपाल आईडल अडिसन, थिएटर राउण्ड, पियानो राउण्ड हुँदै अहिले गला राउण्ड को उत्क्रिस्ट ६ प्रतियोगीसम्म आइसकेको छ ।

आज निलिमा थापामागर नेपाल आईडलको मंचबाट बाहिरिएकी छिन । निलिमा पोखरा अडिसनबाट छनौट भएकी थिइन् । उनि एकमात्र गोल्डेन माईक बिजेता ,महिला प्रतियोगी हुन् । उनले अडिसनमा गाएको गीतले निर्णायकहरु नै अचम्मित भएका थिए ।

निलिमाले अहिलेसम्म दिएको प्रस्तुतिहरुमा कहिँ खोट लगाउने ठाऊ पाएनन् निर्णायकहरुले ।

अडिसनमै निर्णायक हरुलाई चकित परेकी निलिमाले अहिलेसम्म भएका शृंखलामा प्रसंसानै पाएकी छिन । गला राउण्ड प्रवेश पश्चात उनले २ पटक रेस्पेच्ट पेर्फोर्मंस पाएर पेर्फर्मेर अफ द डे बनि सकेकी छिन । निलिमाको अन्तिम प्रतिष्पर्धी प्रस्तुति स्वोरुप गाएकी गीत ”बेहुली ” गाउँदा निर्णायक इन्दिरा जोशीले समेत आफुले भन्दा राम्रो गएको बताईन ।

प्रतियोगिताको नियम न हो जसको भोट धेरै आयो उही अघिल्लो चरणमा जाने छ । स्वास्थ्यले पनि बेला बेला साथ नदिने निलिमालाई यो पटक पनि दर्शकहरुले साथ दिन बिर्सनुभएछ ।

नेपाल आईडलको मंचबाट अन्तिम बिधाई हुनु अगाडि निलिमाले सबैको आँखामा आँसु नै निकालिदिइन् । उनले आफू यस मंचबाट बाहिरिए पनि आगामी दिनमा आफ्नो गायक बन्ने सपना पूरा गर्न लागिरहने प्रतिबद्धता गरिन । उनले बिधाई हुनु अगाडि निर्णायक, संगीत सिकाउने गुरु, दिसिपलेन ईन्चार्ज, होस्टद्वय र साथीहरुलाई सधै सम्झिरहेने बताईन । उनले आफू नेपाल आईडलबाट हारेर गएको भन्दा पनि धेरै कुरा सिकेर गएको बताईन ।

पहिले त्यति अरुसंग नखुल्ने, साथी बनाउन नरुचाउने, घुलमिल नहुने मान्छे नेपाल आईडलमा आए पश्चात आफ़ुमा धेरै नै सुधार आएको बताईन । आफु बेला बेला बिरामी भईरहने र आफ्नो लागि रेखदेख गरिदिनेहरुलाई आफुले दु:ख दिएकोमा माफी पनि मागिन । निलिमाले यति भनिसक्दा उपस्थित सम्पुर्ण दर्शक, निर्णायक, कार्यक्रम प्रस्तोताद्वय र सम्पुर्ण प्रतियोगीहरुको आखामा आँशु तिल्पिं भएको देख्न सकिन्थ्यो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: