Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगीताको तयारी तीव्र

ललितपुर, मंसिर ९ ।

आगामी पुषमा हुने पहिलो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगितालाई नेपाल तेक्वान्डो संघले मान्यता दिएको छ ।

आगामी पुष १८ देखि २० गतेसम्म काठमाडौमा आयोजना हुने उक्त प्रतियोगीता सञ्चालनका लागी संघलाई आर्थिक भार नपर्ने गरि मान्यता दिएको हो ।

यद्यपी प्रतियोगीताका लागी अन्य प्राविधिक सहयोग गर्ने संघका अध्यक्ष प्रकाशशम्शेर राणाद्वारा जारी पत्रमा भनिएको छ । अमेरिकामा केन्द्रिय कार्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्डोको नेपाल शाखाको आयोजनामा प्रतियोगीता हुन लागेको हो ।

खेलकुद क्षेत्रको विकास, खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागी प्रतियोगिताको आयोजना गरिएको एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपालका अध्यक्ष केशव थापाले जानकारी दिएका छन् । उनले प्रतियोगीताको तयारी पनि तिव्र रुपमा अघि बढाईएको र खेलाडीहरुले नाम दर्ता गर्ने क्रम सुरु भएको बताए ।

प्रतियोगितामा सहभागीताका लागी पुष ८ गतेसम्म नाम दर्ता गर्न सक्ने थापाको भनाई छ ।

बिभिन्न बिधामा खेलाईने प्रतियोगीतामा प्रथम हुने टिमले रु १ लाख प्राप्त गर्नेछन् ।

त्यस्तै त्यस्तै द्वितीय हुने टिमले रु ५० हजार रुपैयाँ प्राप्त गर्दा तृतीय हुने टिमले रु २५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गने आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगीतामा उत्कृष्ठ महिला तथा पुरुष खेलाडीलाई जनही रु १० हजार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपालको खेल स्थल भैसीपाटीमा हुने अध्यक्ष थापाले जानकारी दिए ।

यसअघि अमेरिकास्थीत एभरेष्ट वल्र्ड क्लास तेक्वान्डोको केन्द्रिय कार्यालयले सन २०२० मा विश्व तेक्वान्डो प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: