Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

नारायणपुर, मङ्सिर ९ ।

दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ ।

रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो ।

दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ । जैशी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा गए राति २ बजे दुर्घटना भएको प्रहरीले बताएको छ । एम्बुलेन्समा बिरामी जैसी, एक बिरामीको आफन्त र चालक सवार थिए ।

नगरपालिका स्वास्थ्यचौकी सतबरियाको रा १ज १२३ नं को एम्बुलेन्समा बिरामीलाई कोहलपुर पठाइएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: