ढोरपाटनमा भीषण आगलागी हुँदा ३० घर जलेर नष्ट

बागलुङ, म‌सिर ९ |

बागलुङको ढोरपाटन नगरपालिका –९ को नवि बस्तीमा भीषण आगलागी हुँदा ३० घर जलेर नष्ट भएको छ । गएराति करिब २ बजेतिर आगो बस्तीमा फैलिएको थियो ।

ढोरपाटन सिकार आरक्षणको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले आगो आइतबार बिहान ८ बजे मात्र नियन्त्रणमा ल्याउन सफल भएको हनुमान ध्वज गुल्मका गुल्मपति मेजर रविजंग खड्काले बताए । बस्ती नजिकैका २३ घर भने जोगाउन सफल भएको नेपाली सेनाले जनाएको छ ।

याे पनि पढ्नुस  महाकवि देवकोटाको नाममा चोक

ढोरपाटनका बासिन्दा कार्तिकदेखि चैत्त महिनासम्म जाडो छल्न बोबाङ, अधिकारीचौर जस्ता गाउँमा झर्ने भएकाले घरमा कोही नहुँदा आगो सल्किएको होे । दुई चार जना चौकिदारलाई घर जिम्मा लगाएर जाडो छल्न झरेका स्थानीयको घरसहित लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ ।

याे पनि पढ्नुस  प्रहरीद्वारा स्थानीय कुटिए, आन्द्रामा ५२ टाँका

मेजर खड्का अनुसार एक घरबाट सल्किएको आगो अन्य घरहरुमा पनि फैलिएको थियो । आगो नियन्त्रणमा लिन सेनाको एक सय २३ जनाको टोली खटिएको थियो ।

कमेन्ट गर्नुहोस्