जाखोर तालको जलकुम्भी हटाउन सुरु

धनगढी, मंसिर ९ ।

धनगढी उपमहानगरपालिका ७ स्थित जाखोर तालमा फैलिएको जलकुम्भी शनिबारबाट हटाउन सुरु गरिएको छ ।

धनगढी उपमहानगरपालिकाको अगुवाईमा प्रशासन, नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीहरु तालबाट जलकुम्भी हटाउन जुटेका छन् । जलकुम्भीले ताल कुरुप बन्दै गएको थियो ।

नगर प्रमुख नृपबहादुर वडले धनगढी उपमहानगरपालिकाभित्र रहेको मुख्य पर्यटकीय स्थलको सुन्दरता गुम्न थालेपछि सरसफाई अभियान थालिएको बताए । उनले भने, सफा गरेर तालमा डुंगा संचालनमा ल्याईने छ । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले तालमा फैलिएको जलकुम्भी हटाउन थोरै ब्यक्तिले सम्भव नहुने भएपछि नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिएको बताए । उनले एकैदिनमा पनि तालको जलकुम्भी हटाउन नसकिने भएकाले हरेक शनिबार सफा गर्ने कुरो भइरहेको बताए ।

याे पनि पढ्नुस  ७ नम्बर प्रदेशमा ‘अखण्ड’ र ‘थारुवान’को असरः त्रिलोचन भर्सेज विरभान !

धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशिला मिश्र भट्टले नगरका सार्वजनिक स्थलको सरसफाई गर्ने अभियान नै संचालन गरिएको बताईन । उनले सरसफाईसँगै जाखोर तालको गुरुयोजना अनुसार संरचना निर्माण गरिने पनि बताईन ।

धनगढी उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत टंक बिष्टले जिल्लाका सामाजिक संघसंस्था, क्लव, खेलाडीहरुसँग पनि जलकुम्भी हाटाउनका लागि समन्वय गरिने बताए । जिल्ला वनस्पति कार्यालय कैलालीले माछा पालनमा रोक लगाएसँगै धनगढीको जाखोर तालमा फैलिएको जलकुम्भी हटाईने भएको छ ।

याे पनि पढ्नुस  छुट्टाछुटै दुर्घटनामा तीन जनाको मृत्यु

जाखोर ताल धनगढी उपमहानगरपालिकाको मुख्य पर्यटकीय स्थल हो । तत्कालिन धनगढी नगरपालिकाले २०५४ सालमा जिल्ला वनस्पति कार्यालयलाई स्वमित्व हस्तान्तर गरेको वडा नं ७ का अध्यक्ष सिताराम रानाले बताए । उनले भने– आफ्नो स्वामित्वमा रहेको ताललाई स्थानीय महिला समूहलाई भोगचलनका लागि दिएको भएपनि २०७३ मा बनस्पतीले समुहको भोगचलनमा रोक लगाएको थियो ।

याे पनि पढ्नुस  धनगढीमा क्षेत्रीय शहरी विकास आयोजनाः संरचना आफैं हटाउने घरधनीलाई सम्मान गर्ने योजना

स्थानीय महिला समुहले माछापालनका लागि ताल ठेक्कामा दिने समयमा तालको सरसफाई समेत गरिने हुदा जलकुम्भी थिएन वडा अध्यक्ष रानाले भने, ताल उपभोग गर्नमा रोक लगाएसँगै जलकुम्भी भरिएको छ । ताल झण्डै १२ हेक्टर रहेको छ ।

कमेन्ट गर्नुहोस्