Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मलिन खलिङको ‘दिलै यो जलाई’ गीत सार्वजनिक (भिडियोसहित)

मिलन खलिङ राईको स्वर रहेको नयाँ गीत ‘दिलै यो जलाई’ को भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक उक्त गीतमा पुष्प अधिकारी ‘एन्जल’को शब्द तथा दिपेन्द्र थिङको संगीत सुन्न सकिन्छ । गीतको एरेन्ज सुमन केसीले गरेका छन् । मिलनले यसै गीतबाट गायनमा डेब्यु गरेका छन् ।

शान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन् ।

रजिव समरको कोरियोग्राफी रहेको भिडियोमा पल र एलिशाको विछोडको पिडालाई देखाइएको छ ।
महेन्द्र खलिङ राईको प्रस्तुतिमा निर्माण भएको भिडियोमा बुद्ध थापाको छायांकन रहेको छ ।

अर्जुन तिवारीको डिओपी रहेको भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: