Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विराट धर्मसभामा भाग लिन अयोध्या पुगे लाखौं रामभक्त श्रद्धालु

अयोध्या, विश्व हिन्दु परिषदले आयोजना गरेको विराट धर्म सभामा भाग लिन लाखौं राम भक्तहरु अयोध्या पुगेका छन् ।

विवादित राम जन्मभूमिको क्षेत्रमा सुरक्षाको व्यापक प्रबन्ध गरिएको छ । मुख्य कार्यक्रमस्थलमा भक्तहरुको समूहले बिहानै देखि जम्मा हुन शुरु भएका हुन ।

यतिखेर अयोध्याको सडक र गल्लीहरु भरिएका छन् । प्रशासनले सुरक्षा तयारी गर्न खोजेपनि भक्तहरुको संख्या बढी भएपछि अस्तव्यस्त भएको अमरउजालाले जनाएको छ । शुरुमा निश्चित गेटबाट भक्तहरुलाई कार्यक्रमस्थलमा लग्ने भनिएपनि लाखौंको संख्यामा भक्तहरु जम्मा भएपछि अहिले सिँगो अयोध्या उनीहरुको कब्जामा देखिन्छ ।

अयोध्यामा सरयु तटदेखि मुख्य बजार हनुमानगढी नागेश्वर नाथ मन्दिरमा राम भक्तहरुको भारी भीड छ ।

धर्मसभाका लागि अयोध्या पुगेका रामभक्तहरुलाई मुस्लिम समुदायले भव्य स्वागत गरेका छन् ।

मुस्लिम मञ्चसँग जोडिएका नागरिकहरुले धर्मसभा मार्गमा रामभक्तमाथि फूल बर्साएका थिए ।

 

धर्मसभामा तेश्रो लिंगीहरुको पनि व्यापक उपस्थिति रहेको छ । सबैको माग छिटो भन्दा छिटो राम मन्दिर बनाउनुपर्ने रहेको छ ।

अयोध्यामा तत्काल राम मन्दिर निर्माणको कार्य अघि बढाउन हिन्दु संगठनहरुले दबाब दिँदै आएका छन् । राम जन्मभूमिको विषयमा भएको विवादमा सन् १९९२ मा हिन्दू र मुसलमानबीच विश्वभरी नै ठूलो हिंसा मच्चिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: