Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न

काठमाडाैं, मंसिर ९ |

विधान मस्यौदा समितिले आफ्नो प्रतिवेदन पेश गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ ।

विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा केन्द्रीय सदस्यलाई वितरण गरिएको छ । बैठकले ४ दिनसम्म विधानको मस्यौदा अध्ययन गर्न समय दिएको छ । १३ मंसिरमा पुनः केन्द्रीय कार्यसमितिको बैठक बस्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले आफ्नो प्रतिवेदन पेश गरेको थियो ।

निर्धारित समय भित्रै विधान मस्यौदा टुंगोमा पुग्न नसकेपछि महासमिति बैठकको मिति सारेर मंसिर २८ मा पुर्याईएको छ । यसअघि मंसिर ९ गतेका लागि तोकिएको थियो । प्रस्तावित विधान मस्यौदामा केन्द्रीय सदस्यको संख्या ८५ बाट बढाएर १ सय ४१ पुर्याउने प्रस्ताव गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: