Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अागामी माघमा टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट हुने

काठमाडौँ, मङ्सिर ९ ।

महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ ।

आगामी माघ १ देखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका क्लब गरी तीन टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महाकाली स्पोर्टस सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा नेपालबाट महाकाली स्पोर्टस क्लब, श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन् । करीब रु ८० लाखसम्म खर्च लाग्ने उक्त प्रतियोगिताको पुरस्कार कति दिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको आयोजकले जनाएको छ ।

नेपाली टोलीको चयनमा विभिन्न उत्कृष्ट ४० खेलाडीलाई क्याम्पमा राखेर छनोट गरिने आयोजकले बताएको छ । जसमा १४ खेलाडीसहित चार वैकल्पिक खेलाडी छनोट गरिने छ । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: