सुरु भयो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, थुप्रै महत्वपूर्ण निर्यणहरू हुन सक्ने

काठमाडौं, मङ्सिर ९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय बीपीनगर सानेपामा सुरु भएको छ । आइतबार बिहान ८:३० बजे बैठक बोलाइए पनि दुई घण्टा ढिला गरी बैठक सुरु भएको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा महामन्त्री तथा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानको मस्यौदा पेस गर्ने कार्यक्रम रहेको छ ।

याे पनि पढ्नुस  अब कांग्रेसका नेताले पार्टीविरुद्ध बोले कारवाही

लमो समयदेखि मस्यौदामा जुधिरहे पनि सहमति जुट्न नसकेपछि महामन्त्री खड्काले फरक मतसहितको विधानको मस्यौदा केन्द्रीय कार्यसमितिमा पेस गर्ने छन् ।

पदाधिकारी र संसदीय समितिको संख्याका साथसाथै चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यता लगायतका विषयमा मस्यौदा समितिमा सहमति जुट्न नसकेपछि केन्द्रीय समितिमै दफावार छलफल हुनेछ ।

याे पनि पढ्नुस  कांग्रेसका दुई नेता पार्टीबाट निष्काशित

महामन्त्री खड्काले विधानको मस्यौदा पेस गरेपछि पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि दिइने छ । यससंगै फेरि केही दिन मस्यौदा पढ्नका लागि सदस्यहरुले समय पाउने छन् ।

त्यसपछिमात्र फेरि केन्द्रीय समितिको बैठक बस्ने र निरन्तर छलफल हुने जनाइएको छ ।

अब हरेक बैठक पार्टीको महासमिति बैठक केन्द्रीत हुनेछ । महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म बस्नेछ । यसअघि मंसिर ५ देखि गर्ने तय भएकामा तयारी नपुगेको भन्दै कार्तिक २० गते बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

याे पनि पढ्नुस  मेडिकल माफियासँग पैसा उठाएर सम्बन्धन दिन लागेको सभापति देउवाको आरोप

महासमिति बैठक अगाडि नै विधानको टुंगो लगाउन काँग्रेस प्रयत्नरत छ । हाम्राकुराबाट

 

कमेन्ट गर्नुहोस्