Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्यामसङका कामदारहरूमा क्यान्सर भेटिए पछि कम्पनीले दियो १५ करोड क्षतिपूर्ति  

काठमाडौँ । स्यामसङ कम्पनीका कामदारहरूमा क्यान्सर भेटिए पछि कम्पनीले १ लाख ३३ हजार डलर अर्थात लगभग १५ करोड रुपैयाँ जनही क्षतिपूर्ति दिइने भएको छ । कम्पनीका सेमीकन्डक्टर र एलसीडी कारखानाका ३ सय २० कामदारहरूमा १६ प्रकारका क्यान्सर फेला परेको पाइएको थियो ।

यसका साथै कम्पनीले पीडित कर्मचारी र उनका परिवारजनसँग फ्याक्ट्री भित्र सुरक्षा सम्बन्धी गम्भीर त्रुटी भएकोमा क्षमा मागेको छ ।

सन् १९८४ मा स्यामसङ कम्पनीको दक्षिण कोरिया स्थित कार्ख्नामा कम गर्ने ३ सय ४० जनामा क्यान्सर भेटिएको थियो, जसबाट ८० जनाको मृत्यु भैसकेको छ भने थुप्रै कामदारहरूका बच्चाहरूमा समेत त्यस्तै प्रकारको समस्या भेटिएको थियो । यस कुराको खुलासा भने २००७ मा मात्रै भएको थियो ।

समाचार पोर्टल न्युज-१८ का अनुसार यस घोषणासँगै एक दशकदेखि चल्दै आएको विवाद समेत अन्त्य भएको ठानिएको छ । कम्पनीका उपाध्यक्ष किम की-नेमले यस सम्बन्धमा कम्पनीको धारणा सपष्ट पार्दै भने, “हामी यसरी क्यान्सरको शिकार भएका कर्मचारीहरू र तिनका परिवारजनसँग हृदयबाटै क्षमा माग्न चाहन्छौं ।” किम अगाडि थप्छन्, “हामीले हाम्रा सेमी कन्डक्टर कारखाना र एलसीडी कारखानाहरूमा स्वास्थ्य जोखिम न्यूनीकरण गर्न असफल रह्यौं ।”

सामसङले भर्खरै सार्वजनिक गरेको क्षतिपूर्ति नीति अनुसार यसरी क्यान्सरग्रस्त हुने प्रत्येकक कामदारलाई १५ करोड वान दिइने भनिएको छ ।

कम्पनीमा काम गर्ने ३ सय २० कामदारहरूमा छाला र रगत सम्बन्धी क्यान्सर भेटिएको थियो ।

कतिपय कामदार आमाहरूको उक्त अवधिमा गर्भपतन समेत भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: