Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यस्तो छ कांग्रेसको प्रस्तावित विधान (पूर्ण पाठसहित)

काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विधान मस्यौदा समितिले तयार गरेको संशोधित विधान मस्यौदा पेश गरिएको छ । अाइतबार महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले आफ्नो प्रतिवेदन पेश गरेको हो ।

कांग्रेसको प्रस्तावित विधान मस्यौदामा केन्द्रीय सदस्यको संख्या ८५ बाट बढाएर १ सय ४१ पुर्याउने जनाइएको छ । संशोधित विधान मस्यौदामा दफावार छलफल भने मंसिर १३ गतेबाट सुरु हुने बताइएको छ ।
महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौमा गर्ने काँग्रेसको निर्णय छ ।

कांग्रेसमा बहुमतको आधारमा केन्द्रिय कार्यसमितिको संख्या भने ८५ बाट बढाएर १४१ बनाउन प्रस्ताव गरिएको छ । रामचन्द्र पौडेल निकट नेताहरुले भने केन्द्रिय कार्यसमितिको संख्या बढाइएको पछि पदाधिकारीको संख्या पनि ११ पुर्‍याउनुपर्ने माग गरेको छन् । तर, कार्यसमितिमा पदाधिकारी भने थपिएको छैन ।

 

Click this link below

नेपाली कांग्रेसको बिधान मस्याैदा

कमेन्ट गर्नुहोस्

%d bloggers like this: