Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बागलुङको ढोरपाटनमा भीषण आगलागी, ३० घर जलेर नष्ट

गलकोट, मंसिर ९ । बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँमा आज बिहान २ बजे आगलागी हुँदा ३० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

नवीगाउँमा लागेको आगो बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी इन्द्र शाहीले बताए । नेपाली सेनाको हुनमानध्वज गुल्मका गुल्मपती सेनानी रविराम खड्काको नेतृत्वमा सेना र ढोरपाटन शिकार आरक्षका कर्मचारीको टोलीले बिहान मात्रै आगो नियन्त्रणमा लिएको थियो ।

चिसो मौसमका कारण स्थानीय घुम्ती बसाइँका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको हो । नेपाली सेना र आरक्षका कर्मचारीको टोलीले गाउँनै आगो लाग्नबाट बचाएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताए ।

स्थानीयवासी आइसकेपछि मात्र घटनाको थप विवरण आउने उनले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति पुगेका घर बढ्न सक्ने छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: