Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ए सरकार… रोजगारी दिन नसके बेरोजगार भत्ताको ब्यबस्था गर !

नकुल चौलागाईं ।  भनिन्छ युवाहरू देशको शक्तिशाली कर्णधार हुन् । अनि, युवाहरू नै समाजको अग्रगामी गतिका लागि अनिवार्य शक्ति पनि हुन् ।

नेपालको बदलिँदो राजनीतिमा सुरुको कालखण्ड देखिनै युवाहरूको भूमिका काहीँ कतै कमि भएको देखिदैन । चाहे २००७ सालको बिद्रोह होस् जाहे ४६ सालको जनआन्दोलन, झापा बिद्रोह, अनि माओवादीले गरेको १० बर्षे जनयुद्धमा युवा शक्तिको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ ।

नेपाली राजनीतिको हरेक काल खण्डमा युवाहरूले थुप्रै महत्त्वपूर्ण योगदान गरेको भए पनि ती युवाले गरेको योगदान खाली कागजमा मात्रै सम्झौता भएको पाइन्छ नत पीडित जनताको अधिकार सुनिश्चित गर्न सकेको छ न हिजो दुःख गर्ने युवालार्इ रोजगार नै दिलाउन सकेको छ।

युवा आज आएर आफ्नो उपचार गर्न पैंसा नभएर भिख माग्नु पर्ने, आत्म हत्या गरेर मर्नुपर्ने अबस्था सिर्जना भएको छ । यस्ता अवस्था ल्याउनुमा वर्तमान सरकारको ठूलो हात रहेको छ ।

यहि राज्य ब्यवस्थाले आज आएर तिनै दुःख गर्ने महान् युवाको रगत र पसिनालाई खाली कागजमा मात्रै सम्झौता गराए,अनि शिक्षा, स्वास्थ, रोजगार यी कुनै कुराको राज्यले ग्यारेन्टी गर्न सकेन । यिनै कारणले गर्दा हिजोआजका महान युवा आज आएर आफ्नो उपचार गर्न पैंसा नभएर भिख माग्नु पर्ने, आत्म हत्या गरेर मर्नुपर्ने अबस्था सिर्जना भएको छ । यस्ता अवस्था ल्याउनुमा वर्तमान सरकारको ठूलो हात रहेको छ ।

त्यति मात्रै नभई सरकारले शिक्षा, स्वास्थ जस्तो अति संवेदनशिल क्षेत्रलाई ब्यापारीकरणको अखाडा बनाउनु शिक्षा, स्वास्थमा ब्यवहारिक र वैज्ञानिक शिक्षा प्रणाली नहुनु, विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने भट्टीको रूपमा परिवर्तन हुनु अनि नेपालका सयौं युवाहरु सामान्य जिविकोपार्जन गर्न नसकेर ५०-५५ डिग्रीको तापक्रम खान आफ्नो श्रम बेच्न खाडीमुलुक जानुपर्ने बाध्यता पैदा गरेको छ ।

नेपालमा भएका श्रोत साधनको उपयोग, बन्द भएका उधोग, कलकारखाना सञ्चालनमा ल्याएर रोजगारी सिर्जना गर्नुपर्छ । तर, सरकारको ध्यान यस्ता कुरामा पटक्कै गएको छैन । जसले गर्दा लाखौं युवा जनशक्ति विदेश पलायन हुन बाध्य छ ।

सरकारले शिक्षा, स्वास्थ जस्तो अति संवेदनशिल क्षेत्रलाई ब्यापारीकरणको अखाडा बनाउनु शिक्षा, स्वास्थमा ब्यवहारिक र वैज्ञानिक शिक्षा प्रणाली नहुनु, विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने भट्टीको रूपमा परिवर्तन हुनु अनि नेपालका सयौं युवाहरु सामान्य जिविकोपार्जन गर्न नसकेर ५०-५५ डिग्रीको तापक्रम खान आफ्नो श्रम बेच्न खाडीमुलुक जानुपर्ने बाध्यता पैदा गरेको छ ।

साथै, उधोगलाई निजीकरण गरेर बन्द गर्ने होडबाजी चलिरहेको छ । जसले गर्दा, बेरोजगारी समस्या सिर्जना भइरहेको छ । यसको प्रतिफल स्वरुप दैनिक पाँच हजार बढी युवाहरू बिदेशिनु पर्ने परिस्थिति आइपरेको छ। सँग-सँगै राम्रो काम नपाएर दिन प्रतिदिन विदेशमा समस्या भोग्ने नेपालको संख्या बढ्दो छ । साथै, वर्षेनी विदेशमा ज्यान गुमाउने नेपालीको संख्या पनि बढ्दै गएको छ । यसपछाडीको प्रमुख कारण भनेको स्वदेशमा रोजगारीको सिजर्ना नहुनु नै हो ।

हाम्रो देशका राजनीतिज्ञ भन्नेहरुले रोजगारको बातावरण मिलाउन नसक्नु, रोजगारीको अवसर ज्यादै न्यून भएर जानु, नेपालमा भएका कयौं परियोजनाहरु बिदेशी दलालहरुको हातमा कौडीको भाउमा सुम्पनु, राष्ट्रियस्तरको उद्योग तथा परियोजनाबाट राज्यले हात झिक्दै जानु, नीजि कम्पनीलाई टाँट पल्टाउनु, ठूला ठूला भनिन्ने ब्यापारिलार्इ कर छुट गर्नु, साना व्यावसायिक कृषकलार्इ अनगिन्ती करको चपेटामा पार्नु आदिले राज्यब्यबस्था आम जनसमुदायको हितको लागि भन्दा पनि दलाल तथा नोकरशाही पुँजीपतिको हितमा भएको देखिन्छ ।

नेपालमा समृद्धि पनि देख्न सक्दैनौ हामी युवाहरु रोजगारीका लागि बाहिर गएर होइन स्वदेशमा नै रगत पसिना बगाएर खाने वातावरण राज्यले बनाओस् । सरकारले सके रोजगारीको व्यवस्था गरोस्, यदि सक्दैन भने बेरोजगार भत्ताको ब्यबस्था गर्न आवश्यक देखिन्छ ।

अनि यहि राज्यब्यबस्थाले बिदेशी लगानीकर्तालाई बढि प्रोत्साहन गर्नु, नेपाली कृषकले उब्जाएको उत्पादित वस्तुको उचित मूल्य निर्धारण नगर्नु, बिक्री वितरणमा अवरोध गर्नु, सरकारी कार्यालयमा अस्तव्यस्त तरिकाले अनियमितता हुनु, अधिक मात्रमा सरुवा बडुवादेखि आर्थिक चलखेलका कारणले गर्दा नेपालमा नागरिक विभिन्न क्षेत्रमा लगानी गर्नबाट पछि हटेका छन् । अब यस्को विकल्पमा कैयौं नेपाली युवाहरु बिदेशी भूमिमा रगत र पसिना बगाउन जानुपरेको छ।

युवाहरूलाई विदेश जान बाध्य बनाउने भनेको नै हाम्रो देशका नेता नै हुन । उता नारा भने शान्ति समृद्धि बिकासको गर्ने अनि युवाहरूलाई विदेश पठाएर बिदेशी ऋण ल्याएर बाह्र देशको सामान बेचेर कुनै पनि अबस्थामा औद्योगिक पूँजिको बिकास हुन सक्दैन ।

नेपालमा समृद्धि पनि देख्न सक्दैनौ हामी युवाहरु रोजगारीका लागि बाहिर गएर होइन स्वदेशमा नै रगत पसिना बगाएर खाने वातावरण राज्यले बनाओस् । सरकारले सके रोजगारीको व्यवस्था गरोस्, यदि सक्दैन भने बेरोजगार भत्ताको ब्यबस्था गर्न आवश्यक देखिन्छ । अनि मात्र बढ्दो विदेश पलायन रोकिन सक्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: