Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं धूलोधूवाँमुक्त गराउन ब्रुमर प्रयोग !

काठमाडौ, मंसिर ९ । काठमाडौं महानगरपालिकामा धूलोधूवाँमुक्त गराउन भन्दै ‘सहरी सौन्दर्य प्रवर्द्धन कार्यक्रम’ सुरु गरिएको छ । महानगरले मैतीदेवीस्थित सडकमा शनिबार ब्रुमर प्रयोग गरी सफा गरेको हो।

त्यसका लागि विभिन्न स्थानमा ग्रिनरी तथा आइल्यान्ड बनाउने,नालीको फोहोर हटाउने र जेट मेसिनले सडक सफा गर्ने काम सुरु गरेको छ ।

महानगरले थप ५ ब्रुमर खरिद प्रक्रियासमेत अघि बढाएको छ । महानगरको वातवरण व्यवस्थापन विभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले सफाई अभियान हरेक शनिबार सञ्चालन गरिनेछ ।

मेयर विद्यासुन्दर शाक्यले रत्नपार्कमा उद्घाटन गरेको अभियान बागबजार, मैतीदेवी हुँदै सिनामंगलसम्म पुगेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: