मेयर दाहालको दाबी– भरतपुरलार्इ देशकै नमूना महानगर बनाउँछौं

चितवन, मंसिर ९ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू निर्वाचित महानगरलाई देशकै नमूना महानगरपालिका बनाउने दाबी गरेकी छन् ।

आइतबार भ्रष्टचारविरुद्ध अभियान चितवनको समन्वयमा भरतपुर महानगरपालिकाले गरेको संस्थागत सुशासन र वित्तीय प्रबन्ध विषयक कार्यशाला गोष्ठीमा महानगर प्रमुख दाहालले यस्तो दाबी गरेकी हुन् ।

उनले भनिन्, ‘भरतपुर महानगरलाई सबैको साथ, सहयोगको अपेक्षा सदैव छ, सबैको साथ र सहयोग भए भरतपुर महानगरलाई देशकै नमूना महानगरको रुपमा चिनाउन हामी सक्षम हुने थियौँ ।’ सबैसँग सहकार्य र समन्वय गरेर महानगर अघि बढिरहेको मेयर दाहालको भनाई थियो ।

याे पनि पढ्नुस  समृद्धिको यात्रा विकास, सुशासन र सुरक्षामार्फत मात्र पूरा गर्न सकिन्छः मेयर दाहाल

साथै, उनले कर वृद्धि नगरेर करको दायर फराकिलो बनाउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले भरतपुर महानगरपालिकामा सुशासन कायम भइरहेको र सुशासनलाई अझ मजबुद बनाउन सुझाव दिएका थिए । उनले भने, ‘आम मानिसको सूचना माग्ने हक सबैमा हुन्छ, त्यो हक महानगरबासीहरुले प्रयोग गरिरहेका र सूचना दिने काम भरतपुर महानगरबाट प्रभावकारी भइरहेको पाइयो ।’

याे पनि पढ्नुस  बोलेर होइन गरेर देखाउँछुः मेयर दाहाल

प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले तीनरतीन महिनामा कार्यालयका सूचनाहरु सार्वजनिक गर्नुपर्ने बताउँदै भने, ‘सूचना सार्वजनिक गर्ने काम भरतपुर महानगरबाट भइरहेकै छ ।’

यसैगरी, कार्यक्रममा कर विज्ञ रुप खड्काले भरतपुर महानगरको कर व्यवस्थापन राम्रो लागेको बताए । उनले भने, ‘कर वृद्धि होइन, करको दायरा बढाउनुपर्छ, भरतपुर महानगरमा करको दायरा बढिरहेकै छ ।’ खड्काका अनुसार ज्यादा कर लगाउने अर्थात ज्यादा कर छुट दिने दुवै गर्न नहुने बताए ।

कमेन्ट गर्नुहोस्