Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मनकारी मेयर, जसले ७५ लाख रुपैयाँ अस्पताल निर्माणमा दिए !

कैलाली, मंसिर ९ । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले गाडी किन्न छुट्याएको रकम अस्पतालमा खर्च गर्ने भएका छन् ।

लम्कीचुहा नगरपालिकाको कार्यपालिकाको आइतबार बसेको बैठकले मेयरका लागि गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ वडा नं. १०, चुहामा निर्माण भइरहेको सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेको हो ।

मेयर बजगाईका स्वकीय सचिव विष्णु खनालका अनुसार मेयर बजगाईले पुरानै गाडी चढ्ने निर्णय गरेपछि कार्यपालिकाले त्यो रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेको छ । सो अस्पताल निर्माणका लागि नगरपालिकाले म्याचिङ फण्डबाट १५ लाख रुपैयाँ यसअघि नै छुट्याइ सकेको छ ।

५० शैय्याको सो अस्पताल निर्माणका लागि कैलाली क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद् झपटबहादुर रावलले २१ लाख रुपैयाँ सांसद् विकास कोषबाट छुट्याएका छन् । प्रदेश सरकारबाट समेत १ करोड रकम विनियोजनको लागि पहल भइरहेको खनालले बताए ।

सामुदायिक अस्पतालबाट अत्याधुनिक प्रविधि सहित सम्पूर्ण सेवा दिने गरी अस्पताल निर्माण भइरहेको छ । नगरपालिकाले नीति बनाएर २ वर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको खनालले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: