नेता पौडेल भन्छन्, ‘राष्ट्रपतिलाई विवादमा तान्न हुँदैन’

काठमाडौं, मंसिर ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेल ‘सुनिल’ ले सामान्य विषयवस्तुलाई मुख्य कार्यसूची बनाएर राष्ट्र प्रमुखलाई विवादमा तान्न नहुने बताएका छन् ।

रिपोर्टर्स क्लबले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा नेता पौडेलले राष्ट्रपतिका लागि सवारी साधन किन्ने विषय सामन्य भएको बताए । उनले सरकारको कामकाजका विषयमा आवाज उठाउन विपक्षी दललाई आग्रह गरे । ‘जनताको भावनाअनुरुप काम भएको छ कि छैन, सरकार के गरेर बसिरहेको छ, त्यस विषयमा खबरदारी गर्नुस्, त्यो उचित हुनेछ’ नेता पौडेलले भने ।

याे पनि पढ्नुस  १४ करोडका ‘कारगेड बाइक’ किन्दै सरकार, राष्ट्रपतिको सवारीमा १३ कारगेड प्रयोग

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता दीपक खड्काले राष्ट्रपतिका लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताए । नेपालको गौरवका निम्ति र सुरक्षाको हिसाबले गाडीको व्यवस्था गर्नुपर्ने उनको भनाई थियो । सरकारले नौ महीनामा केही गर्न नसकेको र सुरक्षाको विषयमा चुकेको नेता खड्काको आरोप थियो ।

याे पनि पढ्नुस  पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउन आवश्यकः राष्ट्रपति भण्डारी

सङ्घीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले राष्ट्रपतिका लागि महंगो गाडी खरिद गर्न आवश्यक नभएको आफूहरुले राय दिएको बताए । रासस

कमेन्ट गर्नुहोस्