Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न सांसद भट्ट अस्पतालमा [फोटोफिचर]

काठमाडौं, मंसिर ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले डडेल्धुरा र दार्चुलामा भएको बस दुर्घटनाका घाइतेलाई अस्पतालमै पुगेर भेटका छन् ।


बिहीबार साँझ डडेल्धुरा र शुक्रबार बिहान दार्चुलामा भएको बस दुर्घटनामा परी गम्भीर घाइतेका भएका उनीहरुलाई पूर्वमन्त्री भट्टले आइतबार भेटेका हुन् । उनीहरुलाई सांसद भट्टकै सक्रियतामा हेलिकोप्टरबाट माफर्त काठमाडौं ल्याइएका थिए ।

नेता भट्टले घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा संलग्न चिकित्सकहरुसँग परामर्श लिएका छन्। उनले अस्पताल र चिकित्सकलाई उपचारमा कुनै कसर बाँकी नराख्न पनि आग्रह गरे । घाइतेहरुको काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बिहीबार डडेल्धुराको उग्रतारामा लागेको मेलाबाट फर्किदै गर्दा डडेलधुराको गन्यापधुरामा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। दुुर्घटनामा घाइतेमध्ये घाइते ७ जनालाई काठमाडौं ल्याइएको थियो।

त्यस्तै, शुक्रबार बिहान दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको महाकाली यातायात समितिको गाडी दुर्घटना हुँदा घाइते भएकामध्ये ४ जनालाई काठमाडौं ल्याएको थियो। घाइते सबैको सुदूरपश्चिम प्रदेश सरकारले निःशुल्क उपचार गर्ने घोषणा गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: