Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निर्मलाका बुवालाई काठमाडौं पुर्‍याइयो

काठमाडौं, मंसिर ९ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पन्तको थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो ।

छोरीका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका उनलाई शनिबार साँझ बुद्ध एयरलाइन्सको विमानबाट काठमाडौं लैजाने तयारी थियो ।

त्यहीअनुसार श्रीमती दुर्गादेवीसँग २ जना अन्य आफन्तसहित साँझ कैलालीको गेटा विमानस्थल पुगेका थिए । तर एयरलाइन्सका कर्मचारीले यो रूप देखाएका व्यक्तिलाई विमानमा चढाउन नसकिने भनेपछि पन्त परिवार विमानस्थलमै अलपत्र परेका थिए ।

कात्तिक २५ गतेदेखि छोरीका हत्यारा पत्ता लगाउन माग गर्दै यज्ञराज अनिश्चितकालीन धर्नामा थिए । धर्ना बसेको तेस्रो दिनदेखि नै उनलाई न्यून रक्तचापसँगै ज्वरो र रुघाखोकीको समस्या देखिएको थियो ।

महाकाली अञ्चल अस्पतालका चिकित्सकहरूले चेकजाँच गरेर औषधि दिएपछि केही निको भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: