Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हृदयघातका कारण कुवेतमा एक नेपालीको निधन

कुवेत,मङ्सिर ९।रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको हृदयघातक कारण निधन भएको छ।

बिगत दुई बर्ष देखि कुवेतको अल तकदम रियलस्टेट कम्पनी मार्फत अल्गानियम कम्पनीमा गार्डेनरको रुपमा कार्यरत लेखनाथ नगरपालिका-२९, कास्कीका ३६ बर्सिए दुर्गा बहादुर तामाङको सनिवार निधन भएको हो।

शनिबार बिहानको काम सकेर खाना खान कम्पनीकै कोठामा गएको र खाना खाएर सुतेका दुर्गा नउठे पछी साथीहरुले कोठामा हेर्दा उनी मृत फेला परेका थिए।तत्काल कम्पनीले प्रहरीको सहयोगमा अस्पातल पुर्याए पछी उनको मृत्‍युलाई अस्पातलले पुष्टी गरेको थियो।घर छुट्टी जाने तयारीमा रहेका दुर्गाको घरमा एक छोरा मात्र रहेका छन।

दुर्गा बहादुरको हृदयघातबाट निधन भएको प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण आउन बाँकी रहेको हुँदा कानुनी प्रकृयाका लागि उनको शबलाई फर्वानिया अस्पातलमा राखिएको र कम्पनीका प्रतिनिधिले उनको शब नेपाल पठाउन आबश्यक सहयोग गरिरहेको हुँदा मृतकको परिवार संग समन्वय गरेर शबलाई छिट्टै नेपाल पठाइने कुवेत स्थित नेपाली दुताबासका दितिय सचिब ज्ञान बहादुर मगरले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: