Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ग्याङ फाइटः हत्यामा संग्लन २ जना पक्राउ

काठमाडौं, मंसिर ९ । काठमाडौं महानगरपालिका– ३२, गैरीगाउँमा धारिलो हतियार प्रहार गरी युवकको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं, तारकेश्वर नगरपालिका–७ का मनिष बानियाँ र महेश परियारलाई पक्राउ गरेको हो । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले घटनाबारे अनुसन्धान भइरहेको बताए । लागुऔषध राख्ने विषयमा झगडा भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

बानियाँ र परियारले मोरङ, उर्लाबारी घर भई हाल काठमाडौँ, सुकुम्बासी टोल बस्दै आएका विक्की लिम्बूलाई शनिबार धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

उनीहरुले काठमाडौं शान्तिनगरका अनिल श्रेष्ठलाईसमेत धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । श्रेष्ठको विर अस्पतालमा उपचार भइरहेको छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: