Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ए मुस्लिम नेताहरू हो । ईद-बक्रईद गुमाएर कहाँ लुक्याै?

मुन्ना समसुल हक़

नेपाल मा तीन पटक मुस्लिम अान्दाेलनहरू भए ।

पहिलाे पटक शहीद फैजान संघर्ष समिति ले २०६८ साल मा अान्दाेलन गर्दा तत्कालीन माअाेवादीका डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए । त्यस अान्दाेलन काे नेतृत्व नजरूल हसन, जाकिर हुसैन, माैलाना सफिकुर रहमान लगायतले गरेका थिए। माअाेवादी पार्टी सरकारमा रहँदा पनि हकिकुल्लाह खान, अतहर हसेन फारूकी जस्ता माअाेवादी नेताहरू अाफ्नै पार्टी काे सरकार विरुद्ध सडकमा अाेर्लिएका थिए ।अन्य पार्टीका मुसलमानहरू पनि यस अान्दाेलमा सक्रिय थिए ।

दाेश्राे पटक राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन ले २०६९ साल मा अान्दाेलन गर्‍यो । यसकाे स्थापना जाकिर हुसैन, शाहिद अली, रिजवान अन्सारी, अतहर हुसेन फारूकी, रहमतुल्लाह मियाँ, जुनैद अन्सारी, खालिद सिद्दिकी, नजरूल हसन लगायतले गरेका थिए । यसकाे नेतृत्व मरहूम सदरूल हक, जाकिर हुसैन,शाहिद अली र रिजवान अन्सारी लगायत ले गरेका थिए । यस पटक पनि डा. बाबुराम भट्टराई नेतृत्व काे सरकार थियाे । यस पटक पनि माअाेवादी पार्टीका मुस्लिम नेताहरू अाफ्नै सरकार काे विरुद्धमा सडक संघर्ष गरे । अन्य पार्टी का मुस्लिम नेताहरू पनि यस अान्दाेलन मा सक्रिय भूमिका मा रहे ।

२०७२ साल मा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन ले तेश्राे र शक्तिशाली मुस्लिम अान्दाेलन गर्‍यो । यसमा गठबन्धनका तीन योद्धा शहीद भए । अान्दाेलन हुँदा काे बखत सुशिल काेइराला प्रधानमन्त्री थिए । यस अान्दाेलन काे नेतृत्व शमिम अन्सारी, जाकिर हुसैन लगायत ले गरे । काँग्रेस-एमालेकाे गठबन्धन सरकार थियाे ।त्यो अान्दाेलनमा माअाेवादीका मुस्लिम नेताहरू सक्रिय रहेता पनि काँग्रेस र एमालेका मुस्लिम नेताहरू काे सक्रिय भूमिका कहिल्यै देखिएन । ढुलमुल पाराले झारा टार्न काम सम्म मात्र भयाे उनीहरूबाट ।

के २०७५ मा मुस्लिम सडक मा उत्रनु अावश्यक छैन ? यति बेला किन सुतेका छन् मुस्लिम नेताहरू ? सधैं अाफ्नै पार्टी काे विरुद्ध लड्दै अाएका हकीकुल्लाह, अतहर, जाकिर, शाहिद कहाँ छन् सुतेका ?
प्रचण्ड, बाबुराम हुँदा त फूर्ति लाउँथे । के केपी अाेलीक संग डर लाग्छ र ? । काँग्रेसका फर्मुल्लाह मन्सुर, अाफताब अालम, अब्दुल सत्तार, मुख्तार अहमद, निजामुद्दीन, रहमतुल्लाहहरू कहाँ छन् ?

यति बेला उनीहरू काे पार्टी प्रतिपक्षमा हुँदा पनि किन डराएर बसेका छन् ? नजीर मियाँ, सेराज फारूकी, महफुज अन्सारी, तैयब हुसेन, हारून हलुवाई, ताज माे., जुनैद अन्सारी लगायत पूर्व एमाले का अादरनीय नेताहरू अब पनि किन केपी ओलि सँग डराएका? प्रचण्डकहाँ त छूट पनि छ नि । रिजवान अनसारी जी ! तपाईं त झन् के हाे के हाे ? हिजाे अरू काे नेतृत्व मा चल्दा गाह्राे थियाे । अब त तपाईंकाे नेतृत्वमा अाफ्नै पार्टी छ? फेरि पनि माैन किन ?

अरे यार ईद र बक्रईदकाे सार्वजनिक विदाकाे लागि केही त गर । जाग जाकिर जाग, शमीम , शाहिद जाग । रिजवान, अतहर, अ. सततार जाग । सेराज, हकी, नजीर जाग । खालिद, नजरूल, अाफताब जाग । फर्मुल्लाह जाग, मुखणतार , निजाम, रहमतुल्लह जाग । सीमा, जमिला, कलिला जाग । जाग चान्द तारा, जाग अनार कली । काैसर र हलिमा जाग ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: