घरमा अागाे लाग्दा एकै परिवारका चारजनाको मृत्यु

झापा — झापाको शिवसताक्षी नगरपालिका–७ लाल्झोडाकाे एउटा घरमा आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । 

छिलझिले प्रहरीका अनुसार आइतबार राति ९ बजे स्थानीय लक्ष्मण खनालको घरमा आगो लाग्दा दुई बलबालिकासहित परिवारका चार जनाको मृत्यु भएको छ।

स्थानीय भानु माध्यमिक विद्यालयबाट २० मिटर नजिक रहेकोउक्त घरमा अागलागी हुँदा३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीय राधिका खनाल, ४ वर्षीय सुप्रिया खनालर ३ महिने शिशु टिकाराम खनालको सुतेकै ठाउमा मृत्यु भएको हो। आगलागीकाे कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

कमेन्ट गर्नुहोस्