पर्यटनमन्त्रीलाई कालोझण्डा देखाउने ६ जना पक्राउ

काठमाडौं, मंसिर १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाउने ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट रहेका छन् ।

याे पनि पढ्नुस  'पोखरा स्काई स्पोर्टस'को ओपनिङमा ग्राण्ड कन्सर्ट हुँदै

कास्कीका प्रहरी उपरीक्षक ओम रानाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहश्रलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको एसपी रानाले जानकारी दिए ।

नयाँ शक्तिका एक नेताका अनुसार वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा देखाउने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्